Rule 41
विलम्व शुल्क
(१) उपभोक्ताले पानी आपूर्तिकर्ताले निर्धारण गरेको समयमा सेवा शुल्क नबुझाएमा विलम्व शुल्क बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बुझाउनु पर्ने विलम्व शुल्कको रकम अनुमतिपत्र प्राप्त व्यक्तिले संचालन गरेको परियोजनाको हकमा नियम
३८ बमोजिम गठित समिति र उपभोक्ता संस्थाले संचालन गरेको परियोजनाको हकमा सम्बन्धित पानी आपूर्तिकर्ताले तोके बमोजिम हुनेछ ।